शुक्रबार, साउन २९, २०८३

सकियो इन्द्रजात्रा (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - काठमाडौं  उपत्यकामा मनाइने इन्द्रजात्रा मंगलबारबाट सकिएको छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अघि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ भएको जात्रा लिंगो ढाली तानेर बाग्मतीमा लगी सेलाएपछि इन्द्रजात्रा समाप्त हुन्छ। यस पर्वमा हनुमानढोकालगायतका क्षेत्रमा जीवितदेवीका रूपमा रहेकी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ।

इन्द्रजात्राको अन्तिम दिन आज अपरान्ह शहरको मध्य भागमा कुमारीको रथयात्रा गरियो। अपरान्ह कुमारीघर अगाडिबाट सुरु भएको रथयात्रा प्याफल, नरदेवि, किलागल, भेडासिंह, इन्द्रचोक, मख्खन हुँदै हनुमानढोका हुँदै पुन कुमारीघर पुगेर समापन भएको थियो।

आजै राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति विद्या भण्डारीका साथै संबैधानिक निकायका प्रमुखहरु समेत बसन्तपुर पुगि कुमारीको हातबाट टिका लगाएका थिए। इन्द्रजात्राका अवसरमा आठ दिन विभिन्न देवी देवतासंग सम्बन्धित नाचका साथै कुमारी, भैरव र गणेशको रथयात्रा गरिन्छ।

तस्बिर : नेपाल समय





















प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।