शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विश्वसम्पदा सूचीमा राख्न जानकी मन्दिरको सीमांकन गरिने

विश्वसम्पदा सूचीमा राख्न जानकी मन्दिरको सीमांकन गरिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – जनकपुरको प्रसिद्ध जानकी मन्दिरलाई विश्वसम्पदाको सूचीमा सूचीकृत गर्न लामो समयदेखि पहल भइरहेको छ। स्थानीय संघसंस्थाहरुले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन पटकपटक अभियान नै सञ्चालन गरिसेका छन्।

विश्वसम्पदा सूचीमा सूचीकृत हुन पुरा गर्नुपर्ने मापदण्डबारे पुरातत्व विभागले समेत जानकारी गराउँदै आइरहेको छ। 

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सीमांकन गरिने भएको छ। आगामी ६ महिना भित्र जानकी मन्दिर क्षेत्रको सीमांकन प्रक्रिया सुरु हुने बताइएको छ। पुरातत्व विभागले जानकी मन्दिर क्षेत्रको सीमांकन गर्न लागेको हो। 

विभागको पहलमा गंगासागर, धनुषसागर, राममन्दिर र जानकी मन्दिरसम्मको क्षेत्रलाई आधार बनाएर सीमांकन गरिने बताइएको छ।

पुरात्व विभागकी पुरातत्व अधिकृत मन्जुराज भण्डारीले विश्वसम्पदाको सूचीमा सूचीकृत गर्न ‘कोर जोन’ र ‘बफर जोन’ छुट्याउन जानकी मन्दिर क्षेत्रको सीमांकन गर्न लागिएको जानकारी दिइन्।

‘योजनाहरु बनाइँदै छ। जानकी मन्दिरलाई विश्वसम्पदाको सूचीमा राख्न कति क्षेत्रफल छुट्याउने हो यसकालागि नक्साङ्कन र सीमांकन गर्न लागिएको हो,’ नेपाल समयसँग कुरा गर्दै भण्डारीले भनिन्, ‘यो काम उपमहानगरपालिकाले पनि गर्दैैैछ र हामी पनि हेरिरहेका छौं।’ 

विश्वसम्पदा सूचीमा सूचीकृत गराउन जानकी मन्दिर वरपरका घरहरु हटाउने कुरा नरहेपनि मापदण्ड भने निर्धारण गरिने उनको भनाइ छ। सीमांकन प्रक्रिया पुरा भइसकेको क्षेत्रलाई संरक्षित प्राचीन स्मारक क्षेत्र घोषणा गरिने भण्डारीले जानकारी दिइन्।

युनेस्कोले सन् २००८ मा जानकी मन्दिरलाई विश्वसम्पदाको सम्भाव्य सूचीमा राखेपनि सूचीकृत हुन मापदण्ड पुरा गर्न स्थानीय स्तरमा अग्रसरता पाउन सकेको छैन्। विश्वसम्पदा सूचीमा सूचीकृत गराउने स्थानीय सरकारले कानूनी आधारको आवश्यक प्रक्रिया पुरा गराउन पहल गर्नु जरुरी रहेको विभागको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।