शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महासेठलाई पदमुक्त गर्न नेकपा केन्द्रीय सदस्यहरूको माग

महासेठलाई पदमुक्त गर्न नेकपा केन्द्रीय सदस्यहरूको माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- नेकपाका केन्द्रीय सदस्यहरुले स्थायी कमिटी सदस्य रघुवीर महासेठलाई जिम्मेवारीबाट हटाउन माग गरेका छन् । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत रहेका महासेठलाई पार्टीको स्थायी कमिटी सदस्यको जिम्मेवारीबाट हटाउन केन्द्रीय सदस्यहरुले माग गरेका हुन् ।

१६ जना केन्द्रीय सदस्यहरुले मंगलबार पार्टी स्थायी कमिटी सदस्य महासेठलगायत प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवलाई पदबाट हटाउन माग गर्दै केन्द्रीय कार्यालयमा पत्र बुझाएका छन् ।
पत्रमा उनीहरुले पार्टीको विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्र उल्लंघन गरेको आरोपसमेत लगाएका छन् ।

पार्टीभित्र अनुशासन माग गर्दै प्रदेश २ का सह–इन्जार्ज तथा केन्द्रीय सदस्य नागेन्द्र चौधरी र महेन्द्र पासवानसहित १६ जना केन्द्रीय सदस्यहरुले पार्टी मुख्यालय धुम्बाराहीमा पत्र दर्ता गराएका हुन् ।

पार्टीको अन्तरिम विधानको धारा ३४ (ख) विपरीत काम गरेको भन्दै महासेठलाई पार्टी स्थायी कमिटी सदस्यबाट हटाउनुपर्ने माग पत्रमा उल्लेख छ । 

यसैगरी प्रदेश २ कमिटीमा मनोनयन गरिएका नेताहरुको स्थानमा अन्य वरिष्ठ तथा सक्षम नेताहरु समावेश हुनुपर्ने उनीहरुको माग छ ।

केन्द्रीय समितिको परिपत्र उल्लंघन गरी शपथ ग्रहण कार्यक्रम राखेर असहज परिस्थिति सिर्जना गरेको भन्दै प्रदेश २ का इन्ञ्चार्ज सत्यनारायण मण्डल, सहइन्चार्ज विश्वनाथ शाह, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेललाई पदमुक्त गरी कडा कारबाही गर्न केन्द्रीय सदस्यहरुले माग गरेका हु्न् ।

पत्रमा केन्द्रीय सदस्यहरु रामचन्द्र झा, गोपाल ठाकुर, रामचन्द्र यादव, श्रीप्रसाद साह, सुधीरप्रसाद साह, रत्नेश्वर गोइत यादव, रामकुमार शर्मा, ममता गिरी, सरला यादव, दिनेश राई, बोधमाया यादव, रविन्द्र बैठा लगायतले हस्ताक्षर गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।