शुक्रबार, साउन २९, २०८३

 शान्ति सेनामा खटिने सिपाहीको भत्ता बढ्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - शान्ति सेनामा खटिने सिपाहीहरुको भत्ता नौ हजार सात सय ६० रुपैयाँ प्रतिमहिना वृद्धि गरिएको छ। सैनिक ऐन २०६३ बमोजिम गठित सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको भदौ ३० को बैठकले भत्ता बढाउने निर्णय गरेको हो।

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले प्रति महिना ८५ अमेरिकी डलर भत्ता बढाउने निर्णय गरेको हो। अब शान्ति सेनामा खटिने सिपाहीले  प्रतिमहिना १ हजार १ सय १४ अमेरिकी डलर भत्ता प्राप्त गर्नेछन्। यसअघि उनीहरुले १ हजार २९ अमेरिकी डलर पाउँदै आएका थिए।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार गण कमान्ड गर्ने गणपति प्रमुख सेनानीको भत्ता २१ डलर बढाइएको छ। बढाइएको भत्तापछि अब गणपति प्रमुख सेनानीको भत्ता  १३ सय ९९ पुगेको छ। बढेको भत्तादर १ अक्टोबर देखि लागू हुने निर्देशनालयले जनाएको छ।

सेनाले अन्य मुलुकको प्रचलित अभ्यास एवं सैनिक ऐन, २०६३ र सैनिक कल्याणकारी कोष नियमावली २०६५ को परिधिभित्र रही भत्तादर पुनरवलोकन गर्ने सम्बन्धमा अध्ययन कार्यदल गठन गरेको र कार्यदलबाट प्राप्त सुझावका आधारमा भत्ता वृद्धि गरिएको जनाएको छ। अब सैनिक कल्याणकारी कोषलाई वार्षिक करिब ४६ करोड ३० लाख रुपैयाँ व्ययभार पर्ने भएको छ।

सेनाले तल्लो तहका सकलदर्जालाई लक्षित गरी थप लाभान्वित गराउने उद्देश्यले भत्तादर वृद्धि गरिएको बताएको छ। 

राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा अहिले पाँच हजार भन्दा बढी नेपाली सैनिक कार्यरत छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।