शुक्रबार, साउन २९, २०८३

समाजवादीको चुनाव चिह्न ‘पन्जा’ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– सत्तारुढ समाजवादी पार्टीले निर्वाचन आयोगसँग चुनाव चिह्न ‘पन्जा’ माग गरेको छ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भए पनि चुनाव चिह्नका विषयमा सहमति भएको थिएन।

फोरम पक्षधरले मसाल र नयाँ शक्ति पक्षधरले अन्य कुनै चुनाव चिह्न प्रस्ताव गर्दै आएका थिए। सहमति जुट्न नसक्दा निर्वाचन आयोगमा चुनाव चिह्न सिफारिस हुन सकेको थिएन।

भदौ २९ गते बसेको समाजवादी पार्टीको बैठकको निर्णयअनुसार सोमबार निर्वाचन आयोगलाई चुनाव चिह्न पन्जाका विषयमा पत्र पठाइएको समाजवादीका केन्द्रीय प्रचार विभाग प्रमुख प्रशान्त सिंहले जानकारी दिए।

यसअघि पन्जा गजेन्द्रनारायण सिंह नेतृत्वको सदभावना पार्टीको चुनाव चिह्न थियो। सदभावना पार्टीको पन्जा चुनाव चिह्न मधेशमा निकै चर्चित छ। भारतीय कांग्रेसको पनि चुनाव चिह्न पन्जा नै हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।