काठमाडौं- कर्मचारी संचय कोषले निवृत्तिभरण (पेन्सन) प्रणालीको सट्टा योगदानमा आधारित निवृत्तिभरण कोष व्यवस्थापन सुरु गरेको छ ।
सरकारले योगदानमा आधारित निवृत्तिभरण कोष व्यवस्थापनको जिम्मा संचयकोषलाई दिएपछि कोषले आफ्नो ५८ औ वार्षिकोत्वको अवसरमा मंगलबारदेखि उक्त कोषको औपचारिक सुरुवात गरेको छ ।
योगदानमा आधारित निवृत्तिभरण ऐन २०७५ बमोजिम २०७६ साल साउनदेखि नियुक्त हुने सरकारी सेवाका सबै कर्मचारीहरुले सेवानिवृत्त भएपछि मासिक पेन्सन नपाएर योगदान अनुसार एकमुष्ठ रकम प्राप्त गर्नेछन् ।
सैनिक द्रव्य कोषको नामबाट प्रारम्भ भएको कर्मचारी संचय कोषका लागि यो निवृत्तिभरण प्रदायक संस्थाको रुपमा रुपान्तरण हुने अवसर रहेको कोषका प्रशासक तुलसीप्रसाद गौतमले बताए ।
हालमा कोषका ६ लाख संचयकर्ताहरु छन् । गत आर्थिक वर्षसम्ममा कोषको आम्दानी रु ३ खर्ब ४५ अर्ब थियो भने कोषाले रु। ३ खर्ब ३८ अर्ब विभिन्न क्षेत्रमा लगानी गरिसकेको छ ।
कोषले कर्जा सापटीमा ५३ प्रतिशत, परियोजना कर्जामा १६ प्रतिशत, बैंकहरुको मुद्धति निक्षेपमा २३ प्रतिशत र अन्य क्षेत्रमा ८ प्रतिशत लगानी गरेको प्रशासक गौतमले जानकारी दिए ।
आर्थिक बर्ष २०७५र७६को अवधिमा ऋण तथा लगानीबाट कोषले ३ अर्ब ७५ करोड खुद मुनाफा कमाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४