आइतबार, वैशाख १४, २०८२

अचानकको वर्षाले शिक्षकको बिचल्ली

 |  आइतबार, वैशाख १४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०८२

vianetvianet

काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनमा आइतबार वर्षाले असर गरेको छ। अचानक पानी ओइरिएपछि शिक्षकहरुको बिचल्ली भएको छ।

triton college

विगत २६ दिनदेखि आन्दोलित शिक्षकले आज निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग झडप भएको थियो। यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो।

शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो। बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए। प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरासमेत प्रयोग गरेको छ।

विभिन्न माग राखेर देशभरका सरकारी शिक्षक काठमाडौंमा आन्दोलनरत छन्।
 

प्रकाशित: Apr 27, 2025| 12:49 आइतबार, वैशाख १४, २०८२
प्रतिक्रिया दिनुहोस्