काठमाडौं- निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग भएको झडपमा केही शिक्षकहरु घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ।
आन्दोलित शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दै ढुंगा हानेपछि प्रहरीले बल प्रयोग गरेको हो। माइतीघरमा भेला भएर आएका शिक्षकहरू बानेश्वरबाट संसद् भवनतर्फ अघि बढ्न खोज्दा प्रहरीले पछाडि हट्न अनुरोध गरेको थियो। अवस्था तनावग्रस्त बन्ने देखेपछि प्रहरीले पानीको फोहरा हानेको थियो।
विगत २६ दिनदेखि आन्दोलित शिक्षकले आज निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग झडप भएको हो। यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो।
विभिन्न माग राखेर देशभरका सरकारी शिक्षक काठमाडौंमा आन्दोलनरत छन्।