शुक्रबार, वैशाख ४, २०८३

एएफसी यु-१६ च्याम्पियनसिप छनोट : नेपाल कुवेतसँग बराबरी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- जोर्डनमा जारी एएफसी यु-१६ च्याम्पियनसिप छनोट अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ।

जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा सोमबार राति भएको खेलमा नेपालले कुवेतसँग १-१ गोलको बराबरी खेलेको हो। 

नेपालका लागि दिपेश राईले गोल गरे। उनले खेलको ७४औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए।

कुवेतका अब्दुलवाहब अलहिन्दिले खेलको इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा पुर्याए।

बराबरीसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई खेलबाट एक अंक जोडेको छ । 

यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७-० ले पराजित भएको थियो। कुवेतले दुई खेलबाट तीन अंक जोडेको छ। पहिलो खेलमा कुवेतले श्रीलंकालाई हराएको थियो। 
प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेल असोज ३ गते ताजकिस्तानसँग खेल्नेछ।

प्रतियोगितामा ४८ राष्ट्रले भाग लिएका छन्, जसलाई ११ समूहमा विभाजन गरिएको छ ।

समूहमा शीर्ष हुने टोली सन् २०२० मा आयोजना हुने एएफसी च्याम्पियनसिपका लागि छनोट हुनेछ । त्यस्तै उत्कृष्ट चार उपविजेताले पनि अन्तिम प्रतियोगिताका लागि अवसर पाउनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।