शुक्रबार, साउन २९, २०८३

तीन घण्टापछि  रिहा भए पत्रकार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – रेडियो नेपालको केन्द्रीय प्रसारण केन्द्र सिंहदरबारबाट नियन्त्रणमा लिइएका पत्रकारलाई प्रहरीले रिहा गरेको छ। उनीहरु करिब तीन घण्टापछि रिहा भएका हुन्।

रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निश्कासित पत्रकारको पुनर्बहालीको माग गर्दै रेडियो नेपालमा तालाबन्दी पश्चात नाराबाजी गर्ने क्रममा पक्राउ परेका नौ जनालाई बेलुकी साढे ५ बजे रिहा गरिएको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए। उनीहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको थियो। 

रेडियो नेपालको मुल गेटमा तालाबन्दी गर्ने क्रममा प्रहरीले पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, महासंघका केन्द्रीय सदस्य मीन बम, जन्मदेव जैसी, यम बिरही, डोटी शाखा अध्यक्ष योगेन्द्र बलायर, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, दिलिप पौडेल, प्रकाश बम, चक्र कुवरलाई नियन्त्रणमा लिएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।