मंगलबार, माघ ६, २०८२

आर्सनल प्रशिक्षक आर्टेटा किन भए हतास?

म्यानचेस्टर सिटीविरुद्धको खेलमा इतिहासकै सबैभन्दा ठूलो हार बेहोरेपछि आर्सनलका मुख्य प्रशिक्षक माइकल आर्टेटा पोस्ट म्याच कन्फ्रेन्समा निकै हतास देखिए। दुवै हात गोजीमा राखेर उपस्थित भएका आर्टेटा प्रश्नोत्तरका दौरान भावविहीन बने।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

काठमाडौं– म्यानचेस्टर सिटीविरुद्धको खेलमा इतिहासकै सबैभन्दा ठूलो हार बेहोरेपछि आर्सनलका मुख्य प्रशिक्षक मिकेल आर्टेटा पोस्ट म्याच कन्फ्रेन्समा निकै हतास देखिए। दुवै हात गोजीमा राखेर उपस्थित भएका आर्टेटा प्रश्नोत्तरका दौरान भावविहीन बने।

National life

नबनुन् पनि किन? उनको टिमले इतिहासकै लामो समयपछि यसरी हार बेहोरिसकेको थियो कि त्यो आर्सनलका समर्थकले सायदै सोचेका थिए। त्यो एउटा सन् १९५४ सिजन थियो, जब आर्सनलले प्रिमियर लिगको पहिलो तीन खेलमा लगातार हार बेहोरेको थियो।

त्यसलाई बिर्सिने तवरले २१ औं शताब्दीको सुरु एक सिजनमा त उनले अपराजित बन्दै लिग जितेको इतिहास पनि छ। तर, ७६ वर्षपछि हिजो शनिबार राति पनि केही त्यस्तै भयो। उनले लिगको सुरुआती तीन खेल हारे। हार पनि कस्तो भने विपक्षी टिमले नौ गोल गर्दासम्म उनको टिमले विपक्षीविरुद्ध कुनै गोल गर्न सकेकै छैन। यता शनिबार रातिको खेलमा उनका एक भरपर्दा र निकै अनुभवी खेलाडीले मैदान छोड्नुपरेको थियो।

त्यसपछि त अहिले बिनागोल र बिनाअंक आर्सनल ईपीएल तालिकाको पुछारमा छ। ‘सक्छु, म गर्न सक्छु,’ के यही टिमबाट नतिजा निकाल्न सक्नुहुन्छ भन्ने प्रश्नमा आर्टेटाले जवाफ दिए, ‘यदि सकिनँ भने मैले टिममा बस्नुको कुनै अर्थ रहँदैन।’

पछिल्लो सिजनमा पनि खराब प्रदर्शन गरेको गनर्सले अहिलेसम्म पनि आर्टेटामाथि विश्वास गरिरहेको छ। र, उनीहरुको युवा टिमलाई अवसर दिइरहेको छ। यो वर्षको योजना सेट भइसकेको छ भने क्लबले यही टिमलाई सिजनभरि खेलाउनेबारे सोचिसकेको छ।

Laxmi sunrise bank
kumari

यता उनको अवसरका लागि क्लबले यसरी पनि विश्वास गरिरहेको छ, जबकि कप्तानले भनेका छन्, ‘टिमका रुपमा रहेर म हामीलाई नै दोष दिन्छु, हामीले नै राम्रो गर्न सकेका छौनौँ।’

खेलपछि बीटीस्पोर्टससँग बोल्दै कप्तान पिररे एमेरिक औबामियाङले भने, ‘सिटीविरुद्ध हामीले चुनौती लिनैपर्ने र खेलमा बलियो बन्नुपर्ने थियो। तर हामी हुन सकेनौँ। सबैले आफ्नो स्थिति सुधार गर्नुपर्ने हुन्छ र आफैंलाई ऐनामा हेर्नुपर्छ।’

यता औबामियाङले दिएको जवाफलाई आर्टेटातर्फ प्रश्नात्मक शैलीमा तेर्स्याउँदा मुख्य प्रशिक्षकले भने, ‘उनले त्यो अनुभव गर्छन् भने म सहमत छु। उनीहरु मैदानमा छन् र त्यस अनुसारको खेलको भावना पनि छ जुन अरु कोहीसँग हुँदैन। त्यो कुरा हो भने राम्रै हो।’

यता आर्टेटाले आर्सनलका कारण ट्रान्सफर सम्भव नभएको भन्ने बारेमा भने कुरा गरेनन्। अहिले आर्टेटाको मुख्य समस्या भनेकै धैर्यता गुम्नु हो। पछिल्ला खेलहरुमा उनले टिमका सिनियर भनिने ग्रानिट जाका, मोहम्मद इल्निनीबाटै राम्रो प्रदर्शन पाएका छैनन्। 

‘मैले जहिल्यै आफैंलाई प्रश्न गरेको छु। आफ्नै आलोचना गरेको छु र हारको समयमा मात्र होइन अरु बेला पनि दोष आफैंले लिएको छु,’  उनले भने, ‘त्यसैले मैले मेरो वरिपरि सही मानिसहरु मात्र राखेँ। मैले आफ्नो निर्णयमा विचार गरेँ र यदि हामी कुनै पनि कुरा परिवर्तन गरेर नयाँ गर्न सक्छौँ भन्ने लाग्यो भने निर्णय परिवर्तन पनि गरेँ।’

यता म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले उनलाई उत्साह प्रदान गरेका छन्। आर्टेटा आर्सनल पुग्नुअघि सिटीमा ग्वार्डिओलासँग काम गरेका थिए। ‘म उनलाई कति प्रेम गर्छु भन्ने उनलाई थाहा छ। तर खेलमा मानिसहरु नतिजा चाहन्छन्,’ उनले भने, ‘व्यवस्थापक र नेतृत्वकर्ता भएर त्यसको महत्व उनलाई थाहा छ। सबैले एक क्षणबाट धेरै राम्रो गर्न सक्नेछन्। यो म किन भनिरहेको छु भने म उनलाई राम्रोसँग चिन्छु,’ ग्वार्डिओलाले भने।

यता ठूलो रकम तिरेर सिटीको इतिहाद रंगशालामा खेल हेर्न पुगेका आर्सनलका सामर्थकले आर्टेटाको विरोधमा नारा लगाएका थिए। नारा थियो, ‘हामी हरेक हप्ता हार्छौं, तिमी कुनै विशेष छैनौं।

प्रकाशित: Aug 29, 2021| 14:00 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।