शुक्रबार, साउन २९, २०८३

ज्ञानेन्द्र शाहीलाई पोखरा प्रवेशमा प्रतिबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पोखरा- आफूलाई भ्रष्टाचार अभियान्ता बताउँदै आएका ज्ञानेन्द्र शाहीलाई सत्तारुढ दलको भ्रातृ संगठन राष्ट्रिय युवा संघ कास्कीले जिल्लामा प्रवेश गर्न नदिने निर्णय गरेको छ।

शनिबार पर्यटनमन्त्री योगेश भट्टराईले नेपालगञ्जबाट काठमाडौँ आउने क्रममा जहाज लामो समय रोक्न लगाएको भन्दै जहाजमा होहल्ला गरेका शाहीलाई युवा संघले आफ्नो जिल्लामा प्रवेश गर्न लगाउने निर्णय गरेको हो।

सो संगठनमा रहेका तत्कालनी माओवादी अन्तरगतको वाईसीएल र एमाले अन्तरगको युवा संघका अध्यक्षहरु भोजराज पौडेल र डिल्लीराज सुवेदीले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरी शाहीलाई पोखरा प्रवेशमा रोक लगाउने उल्लेख गरेका छन्।

विज्ञप्तीमा भनिएको छ, ‘गलत अभियानमा संलग्न ज्ञानेन्द्रबहादुर शाहीजस्ता कुपात्रहरुलाई गणतान्त्रिक भूमि कास्कीमा प्रवेश निषेध गर्ने जानकारी गराउँदै आम न्यायप्रेमी जनसमुदायमा विधिको शासन, पछिल्लो परिवर्तन तथा उपलब्धिको पक्षमा दृढतापूर्वक उभिनु भई सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौँ।’

त्यस्तै विज्ञप्तीमा जनयुद्ध, जनआन्दोलन लगायत जनताको बलिदानपूर्ण त्याग र संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशीता जस्ता महत्वपूर्ण उपलब्धीविरुद्ध केही उश्रृंखल अराजक एवं प्रतिगामी प्रवृत्तिका व्यक्ति र समुहको अस्वभाविक चलखेलप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

शाही अभद्र व्यवहार गरेको आरोपमा आइतबार प्रहरी हिरासतमा पुगेका थिए। यस्तो गल्ती नगर्ने प्रतिबद्धता पछि ललितपुर प्रहरी परिसरले सोमबार शाहीलाई छाडेको छ।

यसअघि आइतबार युट्युबरहरु भेला पारेर नेपालगंजको घटनाबारे बताउने क्रममा शाहीमाथि नेकपा निकट विद्यार्थीहरुले आक्रमण गर्ने प्रयास गरेपछि प्रहरीले सुरक्षाका लागि भन्दै नियन्त्रणमा लिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।