शुक्रबार, साउन २९, २०८३

रेडियो नेपालमा तालाबन्दी गर्ने पत्रकार पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं -  रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निश्कासित पत्रकारको पुनर्वहालीको माग गर्दै रेडियो नेपालमा तालाबन्दी गर्न खोज्ने पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ।

रेडियो नेपालको मुल गेटमा तालाबन्दी गर्ने क्रममा प्रहरीले पत्रकार महासंघका सचिव रामप्रसाद दाहालसहित एक दर्जन बढी पत्रकारलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएकामा महासंघका केन्द्रीय सदस्य मीन बम, जन्मदेव जैसी,  यम बिरही, डोटी जिल्ला अध्यक्ष योगेन्द्र बलायर, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, दिलिप पौडेल, प्रकाश बम, चक्र कुवर छन्। लामो समयदेखि रेडियो नेपालमा कार्यरत सुनिता रावल, प्रकाश बम र चक्र कुवरको पुनर्वहालीको माग गर्दै पत्रकार आन्दोलनमा उत्रिएका थिए।

नेपाल पत्रकार महासंघको नेतृत्वमा रेडियो नेपालको केन्द्रीय कार्यालयको मुल गेटमा तालाबन्दी गर्न खोजिएको थियो। उनीहरुले लगाएको ताला प्रहरीले खोलेको छ। 

महासंघका कार्यवहाक अध्यक्ष बिपुल पोखरेलको नेतृत्वको समूहले पुनर्वहालीको लागि पटक पटक माग गर्दासमेत रेडियो व्यवस्थापनले कुनै सुनुवाई नगरेपछि तालाबन्दी गरिएको हो । पत्रकार निस्काशनको विरोधमा आन्दोलनरत पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायर नेतृत्वको टोली काठमाडौं पुगेको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।