काठमाडौं- सरकारले भव्य रुपमा मनाउन लागेको संविधान दिवसमा सत्तारुढ दल समाजवादी पार्टी भने मौन बस्ने भएको छ।
सोमबार एक विज्ञप्ती निकाल्दै समाजवादी पार्टीले संविधान दिवसको सन्दर्भमा असोज ३ गते खुशीयालीको रुपमा दीपावली पनि नगर्ने र विरोधका रुपमा कालो दिन दिवस पनि नमनाउने जानकारी गराएको छ।
साथै त्यस्ता कार्यक्रमहरुमा सहभागी पनि नहुने समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्णय गरेको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख प्रशान्त सिंहद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।
सो पार्टीले २०७२ सालको विद्यमान संविधान त्रुटीपूर्ण एवम् अपूर्ण रहेकाले कुनै पनि प्रकारका कार्यक्रममा सहभागी नहुने निर्णय गरेको विज्ञप्तीमा जनाइएको छ।
उक्त दिन संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयक अन्तक्र्रियात्मक कार्यक्रमहरु सातवटै प्रदेशको राजधानीमा गर्ने निर्णय बैठकले गरेको विज्ञप्तीमा जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४