काठमाडौं- नोबेल शान्ति पुरस्कारबाट सम्मानित बालिका शिक्षा कार्यकर्ता मलाला युसुफजईले जम्मू-कश्मीरमा शान्तिका लागि काम गर्न तथा त्यहाँका बालबालिकालाई स्कुल जाने वातावरण बनाउन संयुक्त राष्ट्र संघ (युएन) सँग आग्रह गरेकी छन्।
उनले ट्विटमार्फत् त्यहाँका बालबालिकालाई स्कुल पठाउने वातावरण बनाउन आग्रह गरेकी हुन् । २२ वर्षीया मलालाले ट्विटरमा लेखेकी छन्, “कश्मीरका बालबालिका ४० दिनभन्दा बढी समयदेखि स्कुल जान सकेका छैनन् । बालिकाहरू घरबाहिर निस्कन डराइरहेका छन्।”
उनले संयुक्त राष्ट्र महासभा (युएनजीए) का नेता तथासँग कश्मीरमा शान्ति ल्याउने दिशामा काम गर्ने, कश्मीरी जनताको आवाज सुन्ने तथा बालबालिकालाई पुनः स्कुल जाने वातावरण बनाउन मद्दत गर्न अनुरोध गरिरहेको बताएकी छन्।
उनको ट्विटमा थुप्रैले टिप्पणी गरेका छन् ।
भारतीय जनता पार्टीका नेता शोभा करंदलाजेले आफ्नो ट्विटर ह्याण्डलमार्फत् टिप्पणी गरेकी छन्, “नोबेल विजेतासँग अनुरोध छ पाकिस्तानमा अल्पसंख्यकबारे बोल्नका लागि समय निकाल्नुस्, जुन तरिकाले त्यहाँका अल्पसंख्यक युवतीमाथि उत्पीडन भइरहेको छ, धर्म परिवर्तन गराइएको छ, त्यसविरुद्ध पनि केही बोल्नुस् । ”
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४