शुक्रबार, साउन २९, २०८३

कांग्रेसमा गच्छदार समूहको समायोजन टुंगिँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– विजय गच्छदारसँगको समायोजन प्रक्रिया टुंगो लगाउन सोमबार कांग्रेस केन्द्रीय कार्यालयमा छलफल भइरहेको छ। 

गच्छदारको मागबमोजिम महासमिति सदस्य, जिल्ला तथा स्थानीय तहमा प्रतिनिधिलगायतको विषय टुंगो लागेको छैन।

गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबीच एकीकरण भएको कात्तिक २० गते २ वर्ष पुग्दै छ । तर कांग्रेसमा पार्टीमा गच्छदार समूहको समायोजन प्रक्रिया अझै टुंगिएको छैन।

अहिलेसम्म गच्छदारलाई उपसभापति बनाइएको छ भने सात जनालाई आमन्त्रित केन्द्रीय सदस्य मनोनयन गरिएको छ । अन्य प्रक्रिया भने टुंगो लागेको छैन ।

पार्टी समायोजन प्रक्रिया टुंगो लगाउन अर्का उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा समिति बनाइएको छ। समितिले समायोजनसम्बन्धी प्रक्रिया समेटेर पार्टीमा प्रतिवेदन पेस गरिसकेको छ ।

पछिल्लो केन्द्रीय समिति बैठकमा पनि गच्छदारले आफ्नो पार्टीको समायोजन प्रक्रिया नटुंगिएकोमा आक्रोश व्यक्त गरेका थिए।

एक नेताका अनुसार सोमबारको छलफलमा गच्छदारलाई दिइने महासमिति सदस्यको संख्या, प्रदेश, जिल्ला तथा स्थानीय तहमा दिइने संख्याको विषयमा टुंगो लगाइँदै छ। अबको एक साताभित्र समायोजन प्रक्रिया टुंगो लाग्ने ती सदस्यले जानकारी दिए।

बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय गच्छदार र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका सहभागी छन्। गच्छदारले ७ सय महाधिवेशन प्रतिनिधि माग गरेका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।