शुक्रबार, साउन २९, २०८३

नेपाल प्राध्यापक संघको अध्यक्षमा डा. थापा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- मुलुकभरका प्राध्यापकहरुको छाता संगठन नेपाल प्राध्यापक संघको अध्यक्षमा प्रा.डा.बुद्धबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। 

संघको १६ औं राष्ट्रिय महाधिवेशनले थापालाई अध्यक्षमा चयन गरेको हो। संघको केन्द्रीय कार्यसमितिका सदस्यहरूको टुंगो लाग्न बाँकी छ। २१ सदस्यका लागि आगामी कात्तिक २३ गते निर्वाचन हुने कार्यक्रम छ। सदस्यहरूको टुंगो लागेपछि उनीहरूमध्येबाटै उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत चयन हुनेछन्।

संघमा मुलुकका नाै‌ वटै विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष पदेन सदस्य हुने प्रावधान छ। 

अध्यक्ष थापा यसअघि संघको महासचिव थिए। बुटवल बहुमुखी क्याम्पसको राजनीतिशास्त्रका प्राध्यापक थापा वरिष्ठ अधिवक्तासमेत हुन्। थापाले आफ्नो कार्यकालमा विश्वविद्यालयहरूको प्राज्ञिक गरिमालाई थप उचाइमा पुर्याउन सक्दो प्रयास गर्ने बताएका छन्। यस्तै उनले विभिन्न वैचारिक संगठनलाई पनि साथमा लिएर प्राध्यापकहरूको अधिकारका लागि लड्ने प्रतिबद्धता जनाए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।