साउदी अरबका तेल प्रशोधन केन्द्रमा शनिबार भएको ड्रोन आक्रमणपछि कच्चा तेलको मूल्य पछिल्लो चार महिना यताकै महंगो भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार इन्धनको कारोबार सुरु हुँदा नै तेलको मूल्य १९ प्रतिशतले बढेको हो ।
अमेरिकाले आपतकालीन भण्डारबाट कच्चा तेल निकालेपछि बजारलाई थोरै राहत मिलेको छ ।
शनिबार साउदी अरबका दुई प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमणबाट आगलागी भएपछि उसले तेल उत्पादनमा आधा कटौती गरेको थियो । साउदीले पहिलेकै अनुपातमा तेल उत्पादन गर्नका लागि अझै केही हप्ता लाग्ने बीबीसीले उल्लेख गरेको छ ।
साउदीमा ड्रोन आक्रमणको जिम्मा यमनका हूथी विद्रोहीले लिए पनि त्यसको स्पष्ट प्रमाण नभएको भन्दै अमेरिकाले यसको दोष इरानमाथि लगाइरहेको छ ।
यो घटनाले पश्चिमाले मध्यपूर्व भन्ने खाडी क्षेत्रमा फेरि तनाव बढ्ने अनुमान गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४