दाङ- जिल्लामा करेन्ट लागेर एकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका- १६ स्थित गुर्जेखोलाको पुल निर्माण गरिरहेका कञ्चनपुर, लालझरी गाउँपालिका-६ निवासी २३ वर्षीय शिवराज चौधरीको करेन्ट लागेर ज्यान गएको हाे।
दाहिने हातमा करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४