शुक्रबार, साउन २९, २०८३

गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

अछाम- रामारोशन गाउपालिकाका अध्यक्ष झंकर साउदमाथि गोली प्रहार भएको छ। आइतबार बेलुकी करिव ७ बजे रामारोशन–३ सान्तडास्थित आफ्नै कोठामा बसिरहेको समयमा नचिनेका मान्छेको समूहले साउदमाथि गोली प्रहार गरेको बुझिएको छ। 

प्रहरी चौकी शान्तडाका ईन्चार्ज प्रहरी सहायक निरीक्षक भरत रोकायाले आफूसंगै भान्छामा बसिरहेको समयमा साउदमाथि गोली प्रहार भएको बताए। 

‘सोमबार बस्ने कार्यपालिकाको बैठकमा हुने सुरक्षासँग सम्बन्धित बिषयमा छलफल भैरहेको थियो दुई जना भित्र आएर गोली प्रहार गरे।’, रोकायाले भने, ‘हातमा पेस्तोल देख्नेवित्तिकै खोस्न खोज्दा गोली चल्यो तर भुईमा लाग्यो।’ गोली हान्नेलाई छोप्न खोज्दा ज्याकेट च्यातिएर भागेको रोकायाले जानकारी दिए। 

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जनक शाहीले घट्नालगत्तै प्रहरी निरीक्षकको कमाण्डमा टोली त्यसतर्फ पठाईसकिएको र प्रहरीबाट खोजीकार्य भैरहेको जानकारी दिए। साउद तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष हुन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।