शुक्रबार, साउन २९, २०८३

कुनाथरी-बेनीघाट सडकको डीपीआर बन्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- सुर्खेतको कुनाथरी-बेनीघाट सडक खण्डको डीपीआर निर्माण सुरु भएको छ। कुनाथरी बजारदेखि बेनीघाटसम्म ९४ किलो मिटर लामो सडकको लागि डीपीआर आइतबारदेखि सुरु भएको हो।

बड्डीचौरलाई शुन्य केन्द्रबिन्दुमा राखेर प्रारम्भिक सर्भे गरिएको छ।

ट्र्याक खुलेको करिव तीन दशकपछि सडकको स्तरोन्नती हुन थालेको छ। सडकको स्तरोन्नती पश्चिम सुर्खेतका कुनाथरी, तरंगा, पोखरीकाँडा, सालकोट, बाबियाचौर, विद्यापुर, तातापानी, घाटगाउँ, गुटु, बिजौरा, लगाम, बेतान लगायत गाउँहरु वीरेन्द्रनगरसँग जोडिने छन्।

सडकको स्तरोन्नति नहुँदा त्यस क्षेत्रका स्थानीयले हिउँद बर्खामा सास्ती खेप्दै आएका थिए। डीपीआर निर्माण थालिएसँगै यात्राका लागि सहज हुने अपेक्षा गरिएको चौकुने-८ का स्थानीय भोजराज थापाले बताए।

डीपीआर निर्माण भएलगत्तै स्तरोन्नतीको काम थालिने डिभिजन कार्यालय सुर्खेतका प्रमुख गुरु अधिकारी बताउँछन्।

उनका अनुसार स्तरोन्नतीपछि सडकको चौडाई ५० मिटर बनाइनेछ। डीपीआर तयार भएपछि चैतसम्म फाईनल ठेक्काको सुरु हुने सडक डिभिजन कार्यालयको भनाइ छ।

यसैबीच डीपीआर तयारीका लागि बड्डीचौर पुगेको टोलीलाई स्थानीयले फूलमाला सहित स्वागत गरेका छन्। ५१ सालदेखि स्तरोन्नतीका लागि नभएको केन्द्रीय योजनामा परे नपरेको सडक खण्डको डीपीआर तयार गर्न थालेको टोलीलाई स्थानीयले स्वागत गरेका हुन्।

सरकारले केन्द्रीय योजनाअन्तर्गत सुर्खेतको बड्डीचौरदेखि डोटीको बोक्टासम्म मदन भण्डारी राजमार्गको रुपमा अगाडि बढाएको छ। सडक स्तरोन्नती भएपछि सुर्खेतको पश्चिम क्षेत्र र सुदूरपश्चिमको डोटी जिल्लालाई सदरमुकाम वीरेन्द्रनगरसँग जोडिनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।