शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्यटनमन्त्री भट्टराईको विरोध गर्ने ज्ञानेन्द्र शाही प्रहरीको ‘सुरक्षा’ मा 

पर्यटनमन्त्री भट्टराईको विरोध गर्ने ज्ञानेन्द्र शाही प्रहरीको ‘सुरक्षा’ मा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं–  शनिबार नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको विमान रोकाएको भन्दै पर्यटनमन्त्री योगेश भट्टराईको विरोध गरेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

शाहीलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले आइतवार दिउँसो ललितपुरको कोपुण्डोलबाट उनकै सुरक्षााका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

आइतवार दिउँसो शाहीले पत्रकार सम्मेलन गरिरहेका बेला त्यहाँ उपस्थित व्यक्तिहरुबीच झडपको अवस्था सृजना भएको र सम्मेलनमा पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिन भन्दै शाहीलाई सुरक्षा दिएर राखिएको ललितपुर प्रहरी परिषरले जनाएको छ । 

‘हामीले उहाँलाई उद्धार गरी जावलाखेल प्रहरी परिषरमा राखेका छौं । केही घटना नहोस् भनेर ल्याएका हौं’, ललितपुर प्रहरी परिसर, जावलाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईले भने । राईका अनुसार शाहीलाई केहीबेरमै छोडिनेछ ।

यद्यपि, शाहीको पत्रकार सम्मेल सुरु हुनु अगावै त्यहाँ प्रहरी पुगिसकेको प्रत्यक्षदर्शीले बताएका छन् । शाहीलाई प्रश्न सोध्नेमा आफूलाई युट्यूबर र विद्यार्थी बताउनेहरु धेरै थिए । उनीहरु र शाहीबीच सामान्य भनाभन हुँदावित्तिकै प्रहरीले शाहीलाई नियन्त्रणमा लिएको थियो । 

शनिवार राति नेपालगञ्जबाट काठमाडौं आउन लागेको बुद्ध एयरलाइन्सको विमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईकै कारण एक घण्टा ढिलो भएको भन्दै शाही लगायत अन्य यात्रुले विमानभित्रै मन्त्रीविरुद्ध अभद्र व्यवहार गरेका थिए।

मन्त्री भट्टराईले भने विमान आफ्ना कारण १५ मिनट मात्रै ढिलो भएको भन्दै सामाजिक सञ्जालमार्फत माफी मागेका छन्।

उता शाहीले मन्त्री भट्टराईले झुट बोलेको भन्दै त्यसको खण्डन गर्न पत्रकार सम्मेलन राखेका थिए ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।