शुक्रबार, साउन २९, २०८३

भैरहवा–बैंकक सिधा उडानका लागि थाइल्यान्ड तयार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बैंकक– निर्माणाधीन गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थलमा सिधा हवाई उडानको लागि थाई सरकार र त्यहाँका एअरलाइन्स सकारात्मक देखिएका छन् । 

गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा विमानस्थल) निर्माण सम्पन्न भएपछि त्यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि सरकारले विभिन्न देशका एअरलाइन्सहरुसँग आवश्यक छलफल र सम्झौता गरिरहेको छ । 

यसैबीच लुम्बिनीमा सबैभन्दा बढी पर्यटक आउने थाइल्यान्डसँग पनि भैरहवा–बैंकक सिधा उडानका लागि छलफल भइरहेको थाईल्यान्डका लागि नेपाली राजदूतावासले जनाएको छ । 

थाइल्यान्डकालागि नेपाली राजदूत गणेशप्रसाद ढकालले थाई सरकार र त्यहांका एअरलायन्सहरु यो उडानका लागि सकारात्मक रहेको बताएका छन् । 

बैंककमा नेपाल समयसँग कुरा गर्दै उनले भने, “हामीले कुटनीतिक पहल शुरु गरेका छौं । उनीहरु बैंंकक– भैरहवा उडानका लागि सकारात्मक छन् । केही निश्चित प्रक्रिया पूरा भएपछि सम्झौता हुनेछ ।”

थाईल्याण्ड एअर र बैंकक एअरवेजसँग छलफल भईरहेको ढकालले बताए। 

लुम्बिनी भ्रमण वर्ष– २०७६ र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी थाई नागरिकहरुलाई नेपाल पठाउन दूतावासले पहल गरिरहेको उनको भनाई छ ।  

नेपाल उड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल पनि विमानस्थल सञ्चालनमा आएलगत्तै उडान शुरु गर्ने गरी ‘बढी आशा गरिएका’ श्रीलंका, थाईल्यान्ड, म्यानमार, चीन जस्ता बौद्ध धर्माबलम्बी धेरै भएका देशसंग छलफल भईरहेको छ । 

गौतमबुद्ध विमानस्थलमा उडान गर्ने अन्तराष्ट्रिय विमानलाई शुल्कमा केही छुट दिने सहित विशेष प्याकेजको कार्यक्रम समेत ल्याएको उनले बताए । 

थाइल्याण्डस्थित नेपाली राजदुत ढकाल थाईल्यान्डमा रहेका ९५ प्रतिशत बुद्धमार्गी लुम्बिनी भ्रमणमा जान ईच्छुक रहेको दाबी गर्छन् ।  

नेपाल र चीनबीच पनि भैरहवा सिधा उडानका लागि अन्तिम सम्झौताको तयारी भइरहेको छ । त्यस्तै जापान, चीन, श्रीलंका, भियतनाम, म्यानमार र कम्बोडिया लगायतका देशसँग पनि छलफल भइरहेको प्राधिकरणका महानिर्देशक राजन पोखरेल बताउँछन् । 
 
२०२३ साल फागुन १७ गते तत्कालीन युवराज वीरेन्द्रले उद्घाटन गरेको भैरहवा विमानघाट अहिले नाम परिवर्तन भई  गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भएको छ । त्यसबेला आन्तरिक उडानका लागि बनाइएको यो विमानस्थल विस्तार गरी अन्तर्राष्ट्रिय बनाउने कार्यको शिलान्यास तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १ गते गरेका थिए । 

विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउने कार्यमा एसियाली विकास बैंकले ५८.५ प्रतिशत, साउदी अरबको साउदी फन्डबाट ३०.५ प्रतिशत र नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ११ प्रतिशत लागत बेहोेर्ने गरी निर्माण कार्य शुरु भए पनि अहिले एसियाली विकास बैंकले ६२.६ प्रतिशत र क्यानको ३७.४ प्रतिशत लगानी भइरहेको छ । 

तत्कालीन युवराज वीरेन्द्रले उद्घाटन गरेको ५३ वर्षपछि ०७६ पुस १५ भित्र  गौतमबुद्ध विमानस्थलमा अन्तराष्ट्रिय उडान सञ्चालन गर्ने तयारी भइरहेको छ । 

हालसम्म विमानस्थलको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।

विमानस्थल सञ्चालनमा आएसँगै यसको व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई दिने तयारी स्वरुप सकारले (सरकार–सरकार) जी टु जी सम्झौता गर्ने कार्य अघि बढाउने तयारी गरेको छ ।

गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवस्थापनको जिम्मेवारी लिनका लागि कतार, साउदी अरेबिया, जर्मनी लगायत देशका विमानस्थल व्यवस्थापकले चासो देखाएका छन् । 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।