शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साउदीको प्रशोधन केन्द्रमा आक्रमणपछि विश्वभर इन्धनको मूल्य बढ्न सक्ने

साउदीको प्रशोधन केन्द्रमा आक्रमणपछि विश्वभर इन्धनको मूल्य बढ्न सक्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

साउदी अरबमा सरकारी स्वामित्वका दुई ठूला तेल प्रशोधन केन्द्रमा आक्रमण भएपछि उसले तेल र ग्यास उत्पादनमा कटौती गरेको छ । 

साउदीका उर्जामन्त्री राजकुमार अब्दुल अजिज बिन सलामनले उक्त आक्रमणपछि दैनिक कच्चा तेल उत्पादनमा झण्डै आधा मात्र हुन थालेकोे बताएका छन् । 

साउदी अरबका तेल प्रशोधन केन्द्रमा ड्रोनबाट आक्रमण हुँदा आगलागी भएको थियो । यमनस्थित हूथी विद्रोहीका एक प्रवक्ताले आक्रमणको जिम्मा लिंदै १० वटा ड्रोन परिचालन गरेको दाबी गरेका छन् । 

यमनमा जारी गृहयुद्धमा त्यहाँको सरकारलाई साउदी अरब र पश्चिमा मुलुकहरुले सघाइरहेका छन् भने हूथी विद्रोहीलाई इरानको सहयोग छ । 

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ती ड्रोन यमनबाट आएको भन्ने कुनै प्रमाण नभएको भन्दै इरानमाथि आक्रमणको आरोप लगाएका छन् । 

साउदी अरेबिया एक्लैले विश्व बजारको १० प्रतिशत कच्चा तेल उत्पादन गर्छ । उत्पादनमा आधाले कमी आउँदा सोमबारदेखि विश्व बजारमा तेलको मूल्यमा असर पर्नसक्ने जानकारहरुको अनुमान छ । 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।