शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एक घन्टा विमान कुराएको भन्दै पर्यटनमन्त्रीमाथि गालीगलौच    

एक घन्टा विमान कुराएको भन्दै पर्यटनमन्त्रीमाथि गालीगलौच    

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बाँके- नेपालगन्ज विमानस्थलमा शनिबार बेलुका एक घन्टा विमान कुराएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि यात्रुले गालीगलौच गरेका छन् ।

विमानमा रहेका यात्रुले भिडियो बनाएर मन्त्री भट्टराईमाथि गालीगलौच गरेका हुन् । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

“समयको ख्याल गर्नुपर्छ कि पर्दैन ? कहिले प्रधानमन्त्री आउने ढिला गरिदिने, कहिले मन्त्रीले ढिला गरिदिने, तपाईंले यसको जवाफ दिनुपर्छ,” भिडियोमा भनिएको छ । 

तर, पर्यटनमन्त्री भट्टराईले भने निर्धारित समयभन्दा १५ मिनेट मात्रै ढिला उडान भएको दाबी गरेका छन् । 

डल्फिन महोत्सव उद्घाटन गर्न कैलाली पुगेका पर्यटनमन्त्री भट्टराई शनिबार बेलुका नेपालगन्जबाट बुद्ध एयरको विमानमा काठमाडौं फर्किएका हुन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।