शुक्रबार, साउन २९, २०८३

देशभर आंशिकदेखि सामान्य बदली, केही ठाउँमा वर्षा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- अहिले देशभर आंशिकदेखि सामान्य बदली भई मध्य पहाडी भेगलगायत पूर्वी तथा पश्चिमी भूभागका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आइतबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। यस्तै, राति देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित चट्याङ पर्ने र हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले जनाएका छन्।  

अहिले मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थान आसपास र पूर्वी भाग औसत स्थानभन्दा थोरै उत्तरतर्फ छ। साथै, भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित छ।  

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर मौसमी गतिविधि बढिरहेको बुलेटिनमा उल्लेख छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।