शुक्रबार, साउन २९, २०८३

मौलाउँदाे बाल हिंसा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट आज प्रकाशित दैनिक पत्रिकाले विभिन्न विषयलाई मुख्य समाचार बनाएका छन्। 

अन्नपूर्ण पाेस्ट दैनिकले बाल हिंसासम्बन्धी समाचारलाई मुख्य समाचार बनाएको छ। बढ्यो बाल हिंसा शीर्षकको उक्त समाचारमा भनिएको छ- बालबालिका असुरक्षित छन्। दिनहुँजसो बलात्कार, अपहरण, हत्या, एसिड प्रहारजस्ता घटना भइरहेका छन्। यसबाट प्रदेश २ का बालबालिका झनै पीडित छन्। 

आव ०७५/७६ मा प्रदेश २ मा चार सय ४७ वटा बाल हिंसाका घटना भएको प्रहरी तथ्यांक छ। ०७४/०७५ मा बाल हिंसाका तीन सय ६४ वटा घटना प्रहरीमा दर्ता भएका थिए। 

नागरिक दैनिकले राजधानीका सडकको दुदर्शासम्बन्धी समाचारलाई पहिलो पृष्ठमा प्राथमिकताका साथ प्रकाशित गरेको छ। 

उपत्यकाका सडक भताभुंग : खन्दै, पुर्दै, फेरि खन्दै शीर्षकको समाचारमा भनिएको छ- सडक डिभिजन कार्यालय काठमाडौं र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ढलको पाइप राख्न गत असारमा चावहिल-चुच्चेपाटी सडक खने। खनेको सडक मर्मत नगरी छाडेपछि एक महिनासम्म सर्वसाधारणले सास्ती भोगे। एक महिनापछि सडक खनेर पुरेलगत्तै फेरि ढल मर्मत गर्न सडक खनियो। खनेको सडक नपुर्दा पानीमा हिलो र घाममा धुलोले सर्वसाधारण आक्रान्त छन्। 

नयाँ पत्रिका दैनिकले भने ‘प्रदेशको बजेट आधा मात्रै खर्च’ शीर्षकको समाचारलाई ब्यानर बनाएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।