शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाँके आक्रमणका दाेषीलाई कारवाही माग्दै कांग्रेसको प्रदर्शन

बाँके आक्रमणका दाेषीलाई कारवाही माग्दै कांग्रेसको प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- बाँकेमा पार्टीका नेता-कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै नेपाली कांग्रेसले शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

काठमाडौं, ललिपुर र भक्तपुर  जिल्ला कमिटीको संयुक्त आयोजनामा दिउँसो ३ बजे शान्तिपूर्ण प्रदर्शन गरेको हो। प्रदर्शन २० मिनेट चलेको थियो। 

प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बाेधन गर्दै काठमाडौंका सभापति सबुज बानियाँ र ललितपुरका सभापति मदन अमात्यले आक्रमणका दोषीलाई तत्काल पक्राउ गरी कारबाही नगरे कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिए। 



राष्ट्रिय जागरणको दोस्रो चरणको अभियानका क्रममा गत भदौ २६ गते बाँके खजुरा गाउँपालिका-२, सीतापुरमा नेकपाका स्थानीयस्तरका नेता तथा खजुरा-१ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुमबहादुर वली, पारस मल्ल, निमबहादुर वली, निर्मल खत्रीलगायत १३/१४ जनाको समूहले कांग्रेसका नेता तथा कार्यकर्तामाथि सामूहिक आक्रमण गरेका थिए । 

आक्रमणबाट बाँकेका सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाललगायत घाइते भएको कांग्रेसले जनाएको छ । बाँके सभापति किरण कोइरालाको हात भाँचिएको छ। 

प्रदर्शनअघि तीन वटै जिल्ला सभापतिले शनिबार बिहान गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्रसमेत बुझाएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।