शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसले राजा फर्काउन लागेको भन्नु वाहियात कुरा हो : देउवा

कांग्रेसले राजा फर्काउन लागेको भन्नु वाहियात कुरा हो : देउवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४


दाङ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले राजा फर्काउन लागेको भन्नु वाहियात कुरा भएको बताएका छन् । 

शनिबार तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, “हाम्रो पार्टीमा यो विषयमा छलफल नै भएको छैन। त्यसैले फेरि राजा फर्किने कुरै छैन। कांग्रेसले राजा फर्काउन लागेको छ भन्ने कुरा वाहियात हो ।”

उनले बाँकेमा कांग्रेसको कार्यक्रममा आक्रमण गर्ने दोषीलाई कारवाही नभएसम्म कांग्रेस चुप लागेर नबस्ने बताए । “अधिकानायवादी सोच भएका कम्युनिस्टहरू जागरण कार्यक्रममा जनताको आकर्षण देखेर आत्तिएका छन्। आफूहरूको भ्रष्टाचारको पोल खुल्ने डरले आत्तिएकै कारण आक्रमण गरेका छ्न्,” देउवाले भने । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।