शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इन्द्रदहमा भव्य मेला, बिहानैदेखि दर्शनार्थीको घुइँचो

इन्द्रदहमा भव्य मेला, बिहानैदेखि दर्शनार्थीको घुइँचो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भक्तपुर । भक्तपुरको दूधपाटीस्थित इन्द्रदह अर्थात् सिद्ध पोखरीमा आज भव्य मेला लागेको छ ।

आज पूर्णिमाको दिन बिहानैदेखि इन्द्रदहमा स्थान गरी इन्द्रको पूजा गर्नेहरुको घुइँचो लागेको छ । 

भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी ‘द्यो छें’बाट बाजागाजासहित इन्द्र देवताको मूर्तिलाई शुक्रबार साँझ खटमा राखेर नगर परिक्रमा गरी इन्द्रदह अर्थात् सिद्ध पोखरी पुर्याएपछि मेला सुरु भएको थियो । भाद्र शुक्ल चतुर्थीका साँझ दिपावली गरी रातभरी मेला लाग्ने र भाद्र शुक्ल पूर्णिमाको दिन बिहानैबाट स्नान गरी इन्द्रको पूजा गर्ने परम्परा रहेको छ । 

आज पूर्णिमाको दिन मेला लाग्ने र आजै साँझ इन्द्र देवताको मूर्तिलाई खटमा राखी यात्रा गर्दै द्यों छेमा भित्राएपछि मेला सम्पन्न हुने परम्परा रहेको छ । द्वापर युगमा इन्द्रले कृष्णसँग रिसाएर ग्वालालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोवद्र्धन पहाड औंलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनामा इन्द्रदहमा मेला लाग्ने गरेको भनाइ छ ।

स्थानीयवासी इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार नेपाल सम्बत् २१८ मा शक्तिशाली युवराजको रुपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्रदह रहन गएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।