शुक्रबार, साउन २९, २०८३

'हुन नहुने घटना भएको छ, दोषीलाई कारबाही हुन्छ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले बाँकेको सीतापुरमा भएको घटनाका दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

नेपाली कांग्रेसका काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला सभापतिले आज बिहान सिंहदरबारमा दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले घटनाका दोषीलाई कारबाही गरिने बताएका हुन्। "हुन नहुने घटना भएको छ, घटनाका दोषीलाई कारबाही गर्न सरकार गम्भीर छ', थापाले भने।

गृहमन्त्री थापाले घटनामा दोषी देखिए जो कोहीलाई पनि कानूनी कारबाही हुने बताए। घटनामा दोषी देखिएका केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र बाँकीलाई पनि चाँडो नियन्त्रणमा लिएर कारबाही गर्ने उनले दाबी गरे।

कांग्रेसले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै दोषीलाई नियन्त्रणमा लिएर कारबाही नगरे सडक र सदनमा कडा प्रतिवाद गर्ने जनाएको छ। उक्त घटनामा परी कांग्रेस बाँके सभापति किरण कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनाललगायत एक दर्जन नेता तथा कार्यकर्ता घाइते भएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।