शुक्रबार, साउन २९, २०८३

बलियो जोर्डनको सामना गर्दै नेपाली किशोर टोली 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– एएफसी यू–१६ च्याम्पियनसिपको क्वालिफायरमा समूह ‘ए’ मा रहेको नेपालले शनिबार बलियो प्रतिद्वन्दी जोर्डनको सामना गर्दैछ। 

बोन टेस्टबाट कप्तान प्रदिप लम्सालसहित टोलीका तीन प्रमुख खेलाडी बाहिरिएपछि नेपाल कमजोर बनेको छ। गत भदौ १४ गते साफ यू–१५ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो। उपविजेतामा सिमित भएको नेपाली टोलीले दुई साताको अन्तरालमा दोश्रो प्रतियोगिता खेल्न लागेको हो। 

यू–१६ को क्वालिफायरको तयारी गरिरहँदा एमआरआईबाट गरिएको हड्डी परिक्षणमा लम्सालसँगै असिम राई र इश्वर गुरुङ असफल भएपछि नेपाललाई झड्का लागेको थियो। लम्साल टिमबाट बाहिरिएपछि अब जान ताम्लीलाई नेपालको कप्तान नियुक्त गरिएको थियो। 

‘तीन जना प्रमुख खेलाडी नहुँदा टिममा असर त परेको छ नै तर अब हामीले यहाँ हुने खेलहरुको बिषयमा सोच्नुपर्छ। सबै टिमहरु राम्रा छन् र छनोट हुनका लागि हामीले आफ्नो शतप्रतिशत दिनुपर्नेछ। त्यसको लागि हामी तयार छौ,’ ताम्लीले भने। 

यता प्रशिक्षक सुनिल श्रेष्ठले पनि जोर्डन एक बलियो प्रतिद्वन्द्वी रहेकाले उसैको घरेलु मैदानमा खेल्दा नेपाललाई दबाब हुने बताएका छन्। ‘हाम्रो पहिलो लक्ष्य भनेको उनीहरुलाई बराबरीमा रोक्ने हो। यसका लागि हामीले आफ्नो रक्षापंक्ति बलियो बनाउनुपर्नेछ,’ प्रशिक्षक श्रेष्ठले भने। 

समूह ‘ए’ मा बलिया राष्ट्र कुवेत र ताजकिस्तानसँगै श्रीलंका पनि रहेको छ। साफ यू–१५ मा नेपालसँग २–० ले पराजय व्यहोरेको श्रीलंकाले पनि पाँच खेलाडी परिवर्तन गरेको छ। समूहको विजेता टोली र ९ समूहमध्येबाट दोश्रो स्थानमा छनोट प्रतियोगिता सक्काउने उत्कृष्ट चार टोली २०२० मा हुने एएफसी च्याम्पियनसिपका लागि छनोट हुनेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।