शुक्रबार, साउन २९, २०८३

फलाम उत्पादनको लागि कम्पनी दर्ता प्रकृया अघि बढ्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं–  सरकारले व्यवसायिक फलाम उत्पादनका लागि कम्पनी दर्ताको प्रक्रिया अगाडि बढाएको छ । 

खानी तथा भूगर्भ विभागले विहीबार फलामको व्यवसायिक उत्पादनका लागि कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरमा ‘धौवादी फलाम खानी कम्पनी लि’  दर्ताको निवेदन दिएको हो । 

नवरलपरासी जिल्लाको धौवादीबाट संकलित चट्टानको चीनमा परीक्षण गर्दा फलाम खानीको राम्रो संभावना देखिएपछि सरकारले व्यवसायिक उत्पादनको प्रक्रिया अगाडि बढाएको हो । 

धौबादीमा फलामको ठूलो भण्डार देखिए पनि त्यो आर्थिक रूपमा सम्भव छ कि छैन भन्ने चाहिँ एकिन भइसकेको  छैन । विस्तृत अध्ययन तथा परीक्षण उत्खननबाट लागतको हिसाब आएपछि आर्थिक दृष्टिले यो खानी कत्तिको लाभदायक छ भन्ने थाहा लाग्ने छ ।

सो कम्पनी सरकारले सार्वजनिक र निजी साझेदारी अन्तर्गत स्थापना गरेको हो । 

आगामी आर्थिक वर्षदेखि नवलपरासीको धौवादीमा रहेको फलाम खानीबाट व्यवसायिक फलाम उत्पादन गर्न सरकारले चालु आर्थिक बर्षमा रु १ अर्ब बजेट विनियोजन गरेको छ । 

कम्पनीमा ५५ प्रतिशत सरकारी ४५ प्रतिशत नीजी क्षेत्रको शेयर रहने छ ।

कम्पनीको जारी पूँजी ४ अर्ब रुपैयाँ तोकिएको छ भने अधिकृत पूँजी १० अर्ब तोकिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।