शुक्रबार, साउन २९, २०८३

गुण्डा नाइके साजन गुरुङमाथि प्रहरीले चलायो गोली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – गुण्डा नाइके साजन गुरुङमाथि प्रहरीले गोली चलाएको छ। महानगरीय अपराध महाशाखाको टोलीले साजनमाथि गोलढुंगास्थित फूलबारी रेष्टुराँमा गोली प्रहार गरि पक्राउ गरेको हो। 

साजनलाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले उनीमाथि गोली चलाएको महानगरीय अपराध महाशाखाका प्रमुख, एसएसपी सहकुल थापाले बताए। साजन, शमिरमान बस्नेत समूहका गुण्डा रहेका र पछिल्लो समय उनी असुली र गुण्डागर्दी कार्यमा संलग्न रहेको प्रहरी दाबी छ। 

निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार शमिरमान बस्नेत केन्द्रीय कारागारमा छन्। शमिरमानले साजनलाई प्रयोग गरि कारागार भित्रैबाट व्यापारीलाई धम्क्याउँदै असुली गर्ने गरेको प्रहरी दाबी छ।

साजनको खुट्टामा दुई गोली लागेको र उनको विर अस्पतालमा उपचार भैरहेको महाशाखाले जनाएको छ। साजनको साथबाट एउटा कटुवा पेस्तोलसमेत बरामद भएको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।