धनगढी - प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका बाजुरा जिल्ला सह–सेक्रेटरी पक्राउ परेका छन्। शुक्रबार दिउँसो प्रहरीले दानबहादुर खड्कालाई बुढीगंगा नगरपालिका–७ बाट नियन्त्रणमा लिएको हो।
खड्कालाई गाउँमा विप्वल समूहको संगठन विस्तार र संगठनका गतिविधि बारे प्रचारप्रसार गर्दै गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको बाजुरा प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४