शुक्रबार, साउन २९, २०८३

साहसी रंजीत : साइकलमै पुगे सगरमाथा बेस क्याम्प 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – कुनै मानिस साइकल चढेर सगरमाथाको बेस क्याम्पसम्म पुगेको सुन्दा अचम्म लाग्न सक्छ। तर यो कठिन कामलाई सम्भव बनाएर देखाएका छन्, जनकपुरधाम–४ का रंजीत साहले। 

३२ वर्षीय रंजीत १८ दिन ७ घण्टाको यात्रा तय गरेर शुक्रबार विहान ९ बजे सगरमाथाको आधार शिविरमा पुगेका छन्।

‘तराई–पहाड–हिमाल, हाम्रो मातृभूमि नेपाल’ मूल नाराका साथ नेपाल भ्रमण वर्ष २०२० को सफलताका लागि साइकल चढेर बेस क्याम्पसम्म पुग्न कम्मर कसेका रंजीतले २० भाद्रदेखि सल्लेरीबाट कठिन यात्रा सुरु गरेका थिए।

९ भाद्रमा जनकपुरको जानकी मन्दिरबाट एउटा झोला बोकेर यात्रा थालेका रंजीतलाई सगरमाथाको बेस क्याम्पसम्म पुग्न १८ दिन लाग्यो।
 
सल्लेरीदेखि कतै साइकललाई बोकेको, कतै डोर्‍याएर बेस क्याम्पसम्म पुगेका तस्बिर उनले सार्वजनिकसमेत गरेका छन्। सगरमाथाको बेस क्याम्पसम्म पुग्न उनी खुरकोट, घुर्मी, ओखलढुंगा, सल्लेरी, लुक्ला, सोलुखुम्बुको बाटो हिँडेका थिए। बेस क्याम्प पुगेका रंजीतको दोस्रो चरणमा साइकल चढेरै सगरमाथा पुग्ने इच्छा छ।

रंजीतले यसअघि २०७२ भाद्र २१ गते जनकपुरको जानकी मन्दिरबाट काठमाडौंको पशुपतिनाथसम्म करिब २५० किलोमिटरको यात्रा साइकल चढेर एक दिनमै गरेका थिए। सोही वर्षको असोजमा उनले जनकपुरबाट हलेसी महादेवसम्म साइकल यात्रा गरेका थिए।

यसैगरी रंजीतले मुस्ताङको मुक्तिनाथ, भारतको उत्तर प्रदेशस्थित अयोध्यासम्मको यात्रासमेत साइकलबाट गरिसकेका छन्। जनकपुरमा पान पसल सञ्चालन गर्ने रंजित प्रत्येक वर्ष एक महिनासम्म साइकल यात्रामा निस्कने गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।