शुक्रबार, साउन २९, २०८३

वसन्तपुरबाट पूर्व डिआइजीसहित ५ दर्जन पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रहरीले राजधानीको वसन्तपुरबाट नेपाल प्रहरीका पूर्व डिआइजीसहित ५५ बढीलाई पक्राउ गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कालो झन्डा देखाउने तयारी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। राष्ट्रपति भण्डारी इन्द्रजात्रा अवलोकन गर्न शुक्रबार अपराह्न वसन्तपुर क्षेत्रमा जाने कार्यक्रम छ। 

पक्राउ पर्ने पूर्व डिआइजी विजय भट्ट हुन्। राष्ट्रपतिविरुद्ध विरोधको तयारी गरिरहेको सूचना पाएपछि वसन्तपुर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। त्यस क्षेत्रमा करिब २ हजार सुरक्षाकर्मी परिचालित रहेको प्रहरी उच्च स्रोतले बतायो।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी शैलेस थापा क्षत्रीले केही समूहले राष्ट्रपतिविरुद्ध प्रदर्शन गर्ने सूचना पाएपछि हनुमानढोका क्षेत्रबाट ४० भन्दा बढीलाई नियन्त्रणमा लिइएको बताए। 

इन्द्रजात्रामा गुठी विधेयक विरोधीहरुको पनि संलग्न भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।