काठमाडौं- राजधानीमा शुक्रबार इन्द्रजात्रा पर्व मनाइँदै छ । उपत्यकाका नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउँछन् ।
यसै क्रममा कुमारी, गणेश र भैरवको रथ तानिन्छ । रथ तान्नुअघि वसन्तपुरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ व्यक्तित्वहरू उपस्थित भई जीवित देवी कुमारी, गणेश र भैरवको दर्शन गर्ने परम्परा छ ।
यस अवसरमा लाखे नाच, पुलुकिसी नाच प्रदर्शन गरिन्छ । यसपछि रथ विभिन्न टोलमा घुमाउने चलन छ ।
इन्द्रजात्रा हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखामा मनाइन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ। यसअघि, तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जंगलबाट लिंगो काटेर ल्याउने गरिन्छ । लिच्छवि कालदेखि यो पर्व मनाउन थालिएको विश्वास छ। इन्द्रजात्राका दिन राजधानीमा सार्वजनिक बिदा दिने चलन छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४