शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाको ‘आक्रमण’ विरुद्ध कांग्रेसले प्रदर्शन गर्ने 

नेकपाको ‘आक्रमण’ विरुद्ध कांग्रेसले प्रदर्शन गर्ने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-  बाँकेमा नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि भएको आक्रमणको विरोधमा कांग्रेसले काठमाडौंमा पनि विरोध प्रदर्शन गर्ने भएको छ । 

पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसले उक्त घटनाको भर्त्सना गर्दै विरोधमा प्रदर्शन गर्ने जानकारी गराएको छ।

नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरमा बिहीबार कार्यक्रम भइरहेका बेला नेकपाका कार्यकर्ताले आक्रमण गरेपछि नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाललगायत पार्टीका दर्जनौं कार्यकर्ता घाइते भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

“प्रहरी उपस्थित रहेकै कार्यक्रममा आक्रमण भयो,” शर्माले भने, ‘नेपाली कांग्रेसका युवा साथीहरु नसम्हालिएको भए आक्रमणकारीको अवस्था गम्भीर हुने थियो। तर हाम्रा साथीहरु सम्हालिए।"

घटनाको विरोधमा आक्रमणकारीलाई कारवाहीको माग गर्दै कांग्रेसका ललितपुर, भक्तपुर र काठमाडौंका सभापतिहरुले २८ भदौ विहान ८ बजे गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको पनि उनले बताए । 

उक्त घटनाको विरोधमा शुक्रबार नेपालगञ्जमा पनि प्रदर्शन भएको र शनिबार पार्टी सभापति शेरबहादुर देउवा पनि बाँके जाने शर्माले जानकारी दिए ।

त्यस्तै शनिबार दिउँसो ३ बजे माइतीघर मण्डलामा कांग्रेसले विरोध प्रदर्शनको तयारी गरेको छ । 

यसैबीच, कांग्रेसले डेंगु प्रभावितहरुलाई सहयोग गर्न नेता तथा कार्यकर्ताहरुलाई आन्तरिक सर्कुलर जारी गरेको छ। 

‘डेंगुको आक्रमणले हजारौं मानिस प्रभावित भएका छन्। यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौं। आन्तरिक सर्कुलर जारी हुँदैछ। सबै नेता तथा कार्यकर्ताहरुलाई सहयोग गर्न आग्रह गर्छौ,’ शर्माले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।