शुक्रबार, साउन २९, २०८३

सुदूरपश्चिम : नेकपामा गुटगत भेला गरे कारबाही

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीभित्र गुटगत भेला गरे कारबाही गर्ने निर्णय गरेको छ।

पार्टीको प्रदेश कमिटी बैठकले गरेका निर्णय सार्जजनिक गर्न शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अनुशासन पालना गर्न सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएको हो।

एकताबद्ध दुवै पूर्व पार्टीभित्र (तत्कालीन नेकपा र तत्कालीन माओवादी) का कतिपय समूहले पार्टी निर्णय विपरीत समूहगत भेला गर्दै आएका छन् । यस्ता भेलाले विवाद सिर्जना गरेपछि बैठकले पार्टी पद्धतिबाहिर कुनै भेला नगर्न निर्देशन जारी गरेको सो अवसरमा जानकारी दिइयो।

यस्तै पार्टी सदस्यले अन्य सदस्यविरुद्ध सार्वजनिक रुपमा टीकाटिप्पणी गरेमा समेत कारबाही गरिने निर्णय गरेको छ।

यसैबीच पार्टीको एकता पक्रिया सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका वडा कमिटीसम्मै टुङ्गिएको छ। सुदूरपश्चिम प्रदेशका सबै तहका कमिटीसम्म सर्वसम्मतिमा टुंगो लागेर पार्टी एकता प्रक्रिया पूरा भएको प्रदेश पार्टी अध्यक्ष कर्ण थापाले जनाए। नवगठित कमिटीका सदस्यहरुको शपथग्रहण आगामी असोज १५ भित्र गरिसक्ने योजन छ । यस्तै स्थानीय तहका जनप्रतिनिधिलाई प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जानकारी थापाले दिए। 

नेकपाका सुदूरपश्चिम इन्चार्ज भीम रावलले पार्टी एकीकृत भइसकेको बेला कार्यकर्तालाई राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिका लागि दृढतापूर्वक लाग्ने बेला भएको बताए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।