शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिद्धबाबामा पहिरोले २ गाडी पुर्दा १ को मृत्यु,  ४ घाइते

सिद्धबाबामा पहिरोले २ गाडी पुर्दा १ को मृत्यु,  ४ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पाल्पा सडक खण्डको सिद्धबाबा नजिकै पहिरोले दुई वटा सवारीसाधन पुर्दा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। 
 

शुक्रबार बिहान करिब साढे १० बजेतिर पहिरोले गाडी पुर्दा गुल्मी छापाचौरका २६ वर्षीय कमल परियारको ज्यान गएको छ। परियार लु १ ज २६१७ नम्बर गाडीका चालक हुन्। सोही गाडीमा सवार रुपन्देही तिलोत्तमा२ का ललित मल्ल, गुल्मी पूर्तिघाटका प्रेम सुनार, बुटवलका मिलन साह र बुटवलकै नरेन्द्र हमाल घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक जितेन्द्र जिसीका अनुसार घाइते सबैको बुटवलमा उपचार भइरहेको छ। पहिरोले पुरिएको लु २ च नम्बरको स्कारपियो जिपमा सवार भने सबै सकुशल छन्। रातभर पानी परेकाले माथिबाट ढुंगा खसेर सडक अवरुद्ध भएको थियो। करिब डेढ घण्टापछि अवरुद्ध सडक खुलाइएको जिसीले जानकारी दिए।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।