शुक्रबार, साउन २९, २०८३

लुम्बिनीमा न्युज फेस्टिभल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

थाइल्याण्ड- ‘लुम्बिनी भ्रमण वर्ष- २०७६’ चलिरहेका बेला लुम्बिनीमा ३ दिने न्युज फेस्टिभल आयोजना गरिने भएको छ। 

थाइल्याण्डमा बसेको लुम्बिनी प्रेस क्लबको बैठकले आगामी मंसिर १-३ गते लुम्बिनीमा फेस्टिबल गर्ने निर्णय गरेको हो।

फेस्टिभलमा नेपालका राष्ट्रिय पत्रिका, टिभी, रेडियो तथा अनलाइनका सम्पादक तथा नेपालस्थित अन्तर्राष्ट्रिय मिडियाका प्रतिनिधिको सहभागिता रहने क्लबका अध्यक्ष दिपेश पछाईले जानकारी दिए।उनका अनुसार फेस्टिभलमा मोफसलको समग्र पत्रकारिता, संघीयतामा प्रेसको संरचना, पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका, समाचारका विषय, लेखन शैलीलगायत विषयमा छलफल गरिने छ। कार्यक्रमले मोफसलको पत्रकारितालाई उचाइ प्रदान गर्ने अध्यक्ष पछाईको दाबी छ।  

फेस्टिबल आयोजनाका लागि क्लबका अध्यक्ष दिपेश पछाईको संयोजकत्वमा १५ सदस्यिय मूल आयोजक समिति र सल्लाहकार कमल रायमाझीको संयोजकत्वमा ५ सदस्यीय निर्देशन तथा सल्लाहकार समिति समेत गठन गरिएको छ। 

प्रदेश ५ सरकारले लुम्बिनीमा ‘लुम्बिनी भ्रमण वर्ष- २०७६’ मनाइरहेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।