महोत्तरी- जिल्लाको औरही नगरपालिकाको श्रीपुर गाउँमा बिहीबार राति करेन्ट लागेर बालिकाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय नरेश महतोकी तीन वर्षीया छोरी सीमाकुमारी महतोको करेन्ट लागेर ज्यान गएको हो ।
घरमा खेलिरहेका बेला बिजुलीको बोर्डबाट भुइँतिर झुण्डिएको नांगो तार छुँदा बालिकालाई करेन्ट लागेको प्रहरीले जनाएको छ । बालिकाको शव परीक्षणका लागि आज बिहान जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४