शुक्रबार, साउन २९, २०८३

५६ जिल्लामा डेंगु, ५ हजार संक्रमित  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- वैशाख अन्तिम साता सुनसरीको धरानमा देखिएको डेंगुको संक्रमण अहिले देशका ५६ जिल्लामा फैलिएको छ । 

स्वास्थ्य सेवा विभागको इपिडिमियोलाजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म डेंगुको संक्रमणबाट ६ जनाको ज्यान गइसकेको छ भने ५ हजार ९५ संक्रमित भएका छन् । महाशाखाका अनुसार डेंगुबाट अहिलेसम्म सुनसरी, डोटी, कपिलवस्तु, सिन्धुपाल्चोक र चितवनका ६ जनाले ज्यान गुमाएका छन् । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक विवेक कुमार लाल डेंगु नियन्त्रण चुनौतीपूर्ण रहेको बताउँछन् । ‘आम मानिसको लापरवाहीले गर्दा डेंगु फैलिरहेको छ,’ उनले भने । 
डेंगुबारे जनचेतना फैलाए पनि आम मानिसले बेवास्ता गर्दा प्रभावकारी हुन नसकेको उनको भनाइ छ । 

डेंगु नियन्त्रणमा साढे ९ करोड 

सरकारले चालू आर्थिक वर्षमा डेंगु नियन्त्रणका लागि साढे ९ करोड विनियोजन गरेको छ । सरकारले केन्द्र, प्रदेश र स्थानीय सरकारका लागि ९ करोड ५४ लाख बजेट विनियोजन गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा १ करोड ८० लाख, सात वटा प्रदेशमा ६ करोड १७ लाख र स्थानीय तहमा १ करोड ६७ लाख विनियोजन गरिएको हो ।लामखुट्टेको लार्भा नष्ट गर्न, सचेतना कार्यक्रम सञ्चालन गर्न तथा बिरामीको उपचार गर्न बजेट विनियोजन गरिएको बताइएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।