शुक्रबार, साउन २९, २०८३

स्क्रव टाईफसबाट १ को मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- सुल्सुले (माइट) को टोकाइबाट सर्ने स्क्रव टाइफसको संक्रमणबाट कैलालीमा एक जनाको मृत्यु भएको छ।

धनगढीको माया मेट्रो अस्पतालमा भर्ना भएका २० वर्षीय भरत खातीको बिहीबार बेलुकी मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

अस्पतालका डा. मोहन साउदका अनुसार भदौ २१ गते भर्ना भएका खातीको आइसीयुमा राखेर उपचार भइरहेको थियो।

मुसा जातीमा पाइने एक प्रकारको परजिवी सुल्सुले किर्नामा यो रोगको किटाणु हुने र उक्त किर्नाले मानिसलाई टोकेमा स्क्रव टाइफसको संक्रमण हुने चिकित्सक बताउछन्।

चिकित्सकाअनुसार किर्नाले टोकेको ठाउमा घाउ हुनु, शरिरमा विमीरा देखिनु, अत्यधिक ज्वरो आउनु, शरीरका विभिन्न भाग दुख्नु स्क्रव टाइफसका लक्षण हुन्।

समयमै रोग परीक्षण गरी उपचार गरेमा यो रोग निको हुने हुँदा रोगको शंका लाग्ने वित्तीकै अस्पताल जान स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।

स्क्रब टाइफस एक प्रकारको जीवाणु ‘रिकेटसया सुसुगामुसी’ ले संक्रमित सूक्ष्म किरा (माइट) को टोकाइबाट फैलिन्छ। 

समयमै उपचार नगरे यसले मस्तिष्क, कलेजो, फोक्सो थुप्रै प्रकारको संक्रमण हुन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।