शुक्रबार, साउन २९, २०८३

न्यायाधीशका चालक घुससहित पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – जिल्ला अदालतमा कार्यरत एक चालक घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला अदालतमा कार्यरत चालक ब्रिजमोहन यादवलाई १ लाख १० हजार घुससहित पक्राउ गरेको हो।

पक्राउ परेका यादव जिल्ला अदालत सिरहाका ३ नम्बर इजलाशका न्यायाधीश नरनारायण पौडेलका सवारी चालक रहेको बताइएको छ। सदरमुकाम सिरहाको खड्ग होटलबाट एकजना सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारको बर्दिवास कार्यालयबाट खटेको टोलीले चालक यादवलाई पक्राउ गरेको हो।

अदालतमा विचाराधीन रहेको लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिने भन्दै घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले यादवलाई पक्राउ गरेको अख्तियार स्रोतले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।