ललितपुर - भारतमा भएको महिला बाइकिङ स्यालोम बिजेता सुनिता देशारलाई एम्स इन्टरनेशनल कलेज, ललितपुरले सम्मान गरेको छ। भारतको बैङ्लोरमा भएको गोकार्ट नेशनल च्याम्पियनसिप अन्तर्गत महिला बाइकिङ स्यालोममा देशारले ४० प्रतिस्पर्धीलाई पराजित गर्दै बिजेता बनेकी थिइन्।
नेपालकी महिला नेशनल राइडर देशार नेपाल अटोमोबाइल एसोसिएसनबाट छनौट भएर बैङ्लोर स्पर्धामा छानिएकी थिइन्। सार्क राष्ट्र अन्तर्गत नेपाल सहित आयोजक भारत, श्रीलंकाका प्रतिष्पर्धी प्रतियोगितामा सहभागी थिए।
नयाँ ठाउँमा गएर प्रतिस्पर्धा गर्दा पनि आफुले राम्रो गर्न सकेकोमा देशारले खुसी व्यक्त गरिन्। उनले भनिन्,'अनुभव बढ्यो, लेडि राइडरमा पहिलो पटक अवार्ड जितेको छु, यसलाई अझै निखार ल्याउने प्रयास गर्नेछु ।' देशार एम्स इन्टरनेशनल कलेज, लगनखेलमा बिए तेस्रो वर्षमा अध्ययनरत छिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४