शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गृहमन्त्रीका ‘अपराधी’ भाइलाई १२ हजारको 'स्विट क्याबिन'

गृहमन्त्रीका ‘अपराधी’ भाइलाई १२ हजारको 'स्विट क्याबिन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - फिरौती र संगठित अपराध आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापालाई स्विट क्याबिनको सुविधा दिएको पाइएको छ।

प्रहरी हिरासतमा रहनुपर्ने अभियुक्तलाई बसुन्धरास्थित चिरायु अस्पतालको स्विट क्याबिनमा राखिएको छ। गृहमन्त्री थापाका भाइ रहेको खुलेपछि सिआइबीले हिरासतमा नराखी बिरामीको बहाना बनाएर राखेको छ। सो क्याबिनको शुल्क दैनिक ११ हजार ८ सय ६५ छ। नरेश गृहमन्त्री थापाका साहिँला भाइ हुन्। उनी भारतीय सेनाका अवकाशप्राप्त हबल्दार हुन्।

अस्पताल स्रोतका अनुसार नरेश थापालाई उपचार गर्नुपर्ने त्यस्तो कुनै रोग देखिएको छैन। नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारी भन्छन्, ‘फोक्सोमा सामान्य समस्या देखिएको भन्दै सिआइबीले गत बिहीबार भर्ना गरेको हो। उनको उपचारमा लाग्ने रकम पनि सिआइबीले नै बेहोर्ने गरी भर्ना गरिएको छ।’

नरेशले निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार गुन्डा नाइके समीरमानसिंह बस्नेत समूहमा आबद्ध भएर व्यवसायीसँग पैसा असुलीमा संलग्न रहेको पाइएपछि उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले गत बिहीबार पक्राउ गरेको थियो।

आफूविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेपछि फरार थापा आफैं प्रहरीसँग सम्पर्कमा आएका थिए। सिआइबीले एक महिनाअघि बस्नेतको समूहका पवन खड्का र सुरेन नगरकोटीलाई पक्राउ गरी संगठित अपराधमा मुद्दा दर्ता गरेको थियो।

पक्राउ परेका दुवै जनाले नरेश थापाको समेत नाम पोलेपछि उनीविरुद्ध सिआइबीले मुद्दा दायर गरेको थियो। स्रोतका अनुसार पक्राउ पर्नुअघि नरेश र गृहमन्त्री रामबहादुरको नाता खुलेको थिएन।

गौचन हत्याका मुख्य योजनाकार समीरमान बस्नेत जेलमा छन्।  उनले जेलभित्रैबाट व्यापारीलाई धम्क्याएर पैसा असुली गरिरहेको खुलेको छ।   

सिआइबीका अनुसार जेलमा रहेका बस्नेतको समूहले बाहिरबाट दुई दर्जन बढी निर्माण व्यवसायीलाई पैसा नदिए ज्यान मार्ने धम्की दिएपछि उनीहरुले सिआइबीमा उजुरी गरेका थिए। धम्की दिने समूहको कल ट्रेस गर्दा थापाका भाइ नरेश थापासमेत संलग्न देखिएपछि सिआइबीले उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

दुईभन्दा बढी व्यक्ति व्यक्तिको संलग्नतामा कुनै अपराधमा जेडिएको पाइए त्यस्ता व्यक्तिलाई प्रहरीले संगठित अपराधमा मुद्दा अगाडि बढाउँछ।

गौचन हत्या आरोपमा पक्राउ परेका गुण्डा नाइके बस्नेत केन्द्रीय कारागार सुन्धारामा छन्। नरेशले बस्नेतसँग मिलेर ठेकेदारलाई धम्क्याएको प्रहरीले दाबी गरेको छ।

प्रहरी उच्च स्रोतका अनुसार गृहमन्त्रीको आदेशमा नरेशलाई बिरामीको बहाना बनाएर अस्पतालमा भर्ना गरिएको हो। उनलाई छुटाउन गृहमन्त्रीले प्रहरी मुख्यालय र केन्द्रीय अनुसन्धान ब्युरोलाई दबाब दिँदै आएका छन्।

सिआइबीका प्रवक्ता दीपक रेग्मीले भने, ‘पक्राउ परेका नरेशमाथि मुद्दा अगाडि बढिसकेको छ। पक्राउ परेका अभियुक्त अस्वस्थ भएमा उपचार गर्न पाउने भएकाले सिआइबीकै निगरानीमा उपचार भइरहेको छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।