शुक्रबार, साउन २९, २०८३

जानकी मन्दिरको पर्खाल भत्काएर सडक बनाउँदा तनाव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- सडक विस्तारका लागि जानकी मन्दिरको पर्खाल भत्काइएपछि स्थानीय युवाहरु विरोधमा उत्रेका छन् । 

एसियाली विकास बैंकको सहयोगमा सञ्चालित एकीकृत शहरी विकास आयोजनाअन्तर्गत सडक विस्तार गर्न मन्दिरको जग्गा समेत प्रयोग भएपछि युवाहरुले विरोध गरेका हुन् ।

जनकपुरभित्र अन्य सडकहरु विस्तार भइसके पनि विवादका कारण जानकी मन्दिर पूर्वतर्फको सडक विस्तार हुन सकेको थिएन् । सडक विस्तारका लागि मन्दिरको जग्गा प्रयोग गरिए विश्वसम्पदा सूचीमा पर्ने सम्भावना न्यून हुने स्थानीयको भनाइ छ ।

जनकपुरधाम उपमहानगरपालिकाले मन्दिरको पूर्वतर्फको सडक ९ मिटर फराकिलो बनाउने मापदण्ड निर्धारण गरेको छ । यस अनुसार सडकको दुबैतर्फ ३÷३ फिट जग्गा अधिग्रहण गरिएको छ । 

मापदण्डअनुसार सडक निर्माण गर्दा मन्दिरको साबिकको जग्गा साँघुरिएको हो । स्थानीय युवाहरुकै विरोधका कारण करिब तीन महिनादेखि त्यहाँ सडक निर्माण हुन सकेको थिएन् । तर अहिले आएर उपमहानगरपालिकाले निर्माण सुरु गरेपछि फेरि विवाद चर्केको हो । 

धार्मिक, सांस्कृतिक र पूरातात्विक महत्वको जानकी मन्दिर परिसरको जग्गा कुनै पनि बहानामा अतिक्रमण हुन नदिइने स्थानीय युवा सरोज मिश्र बताउँछन् ।  “सडकको अर्कोतर्फको जग्गा दिन व्यापारीहरु तयार छन् भने त्यसैतर्फ सडक विस्तार गरियोस, नभए पूरानै मापदण्डको अनुसार सडक ठिकै छ,” मिश्र भन्छन् । 

अहिले मन्दिरको पूर्वतर्फको जग्गा मिचिए भोलि चारैतिरको जग्गा मिचिने भन्दै उनी चिन्ता व्यक्त गर्छन् । आफूहरुको मागको सुनुवाई नभइरहेकाले अब अदालत जाने तयारीमा रहेको उनले बताए ।

मन्दिरको जग्गा मिचेर सडक निर्माण गर्नु जानकी मन्दिरको अस्तित्वमाथि खेलवाडबाहेक अरु केही नहुने स्थानीय अमितकुमार पाठक बताउँछन् ।

सडक विस्तार गर्ने जानकी मन्दिरको पूर्वतर्फको पर्खाल भत्काएको उपमहानगरपालिकाले मापदण्डअनुसार सडक विस्तार गर्न दुवैतर्फ बराबर जग्गा अधिग्रहण गरिएको जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।