शुक्रबार, साउन २९, २०८३

नेकपाले दल दर्ता गर्‍यो निर्वाचन आयोगमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सत्तारुढ दल नेकपाले उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टीका नाममा दल दर्ता गराएको छ । 

बिहीबार (आज) बिहान करिब ११ तिर नर्वाचन आयोगमा गएर पार्टी दर्ता गराएको नेकपाका स्थायी समिति सदस्य समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्विटमार्फत जानकारी दिएका छन्।

निर्वाचन आयोगले भदौ १६ गते सूचना जारी गरी नयाँ दलका लागि दर्ता आह्वान गरेको थियो। आयोगले इच्छुक दललाई दर्ताका लागि भदौ मसान्तसम्मको समय दिएको छ।

नेकपाको बुधबार बसेको सचिवालय बैठकले उप निर्वाचनका लागि दल दर्ता गर्ने जिम्मेवारी महासचिव बिष्णु पौडेललाई दिएको थियो। 

तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकताबाट नयाँ पार्टी बनेकाले दल दर्ता गर्नु परेको हो । यसअघिको निर्वाचनमा सहभागी भइसकेका दलहरुले भने उपनिर्वाचनका लागि दल गर्नु पर्दैन। 

उप निर्वाचन यहि मंसिर १४ गते हुँदैछ । वडाध्यक्षदेखि प्रतिनिधिसभा सदस्यसम्म गरेर ५१ स्थानमा उपन निर्वाचन हुनेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।